पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एक जनाको मृत्यु, पाँच जना घाइते
- चैत्र १३, २०७८ मा प्रकाशित
पर्सा: पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् ।
ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जु देवी, १५ बर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको विरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments