सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्याे
- फाल्गुन ३, २०८० मा प्रकाशित
इटहरी । नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबेच भएको थियो । बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, बिहिबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलरमा र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments