इटहरी र धरानबाट १४ जना पहिचानवादिहरू पक्राउ : कोशीमा बन्दको आंशिक प्रभाव
- पुष १, २०८० मा प्रकाशित
इटहरी । नेकपा एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’लाइ अवरूद्ध गर्न पहिचानवादिहरूले आवहान गरेको २ दिने कोशी बन्दको आंशिक प्रभाव परेको छ ।
मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गर्दै पहिचानवादिहरुले मंसिर ३० र पुस १ गते कोशी प्रदेश बन्दको आवहान गरेका हुन । बन्द आवहान गरेपनि पूर्वी पहाडी जिल्ला धनकुटा , तेह्रथुम , पाच्ँथर , इलाम ,ताप्लेजुङ लगायतका जिल्लाहरूमा प्रभाव परेको छ । यता सुनसरी , मोरङ झापामा भने आंशिक प्रभाव परेको छ ।
पहाडी जिल्लाहरूमा साना तथा ठुला सवारी साधनहरू सञ्चालन भएका छैनन भने ब्यापार व्यवसाय अधिकांस जिल्लाहरूमा बन्द रहेको छ ।
यसैबिच धरान र इटहरीबाट जबरजस्ती सवारीसाधन बन्द गराउदै हिडेका १४ जना पहिचान वादिलाइ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार गाडी बन्द गराउदै हिडेका ४ जना बन्दकर्तालाइ नियन्त्रणमा लिएको छ । त्यस्तै धरानबाट पनि बन्द गराउदै हिडने १० जना बन्दकर्ताहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
इटहरीबाट आइतबार बिहान बिद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बू, तारा प्रसाद राई, आइतराज लिम्बू, सरिता लोहोरुङलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।यस्तै धरानबाट रमेश राई, चन्द्रमाया लिम्बू, अमित राई, बिष्णु तिगेला लिम्बू, पदम तामाङ, महेन्द्र गुरुङ, शिब इस्बो लिम्बू, सागर धामी, टि. एन सुब्बा लगायत रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
यता पहिचान वादिहरूले आवहान गरेको बन्द र सम्भावित खतरालाइ मध्यनजर गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशको मुख्य शहरहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments