‘सेतो कपडा’ देखाउँदा देखाउँदै मारिए तीन बन्धक
- पुष १, २०८० मा प्रकाशित
एजेन्सी । तीन इजरायली बन्धकले सेतो कपडा देखाउँदा देखाउँदै इजरायली सेनाद्वारा ‘गल्ती’ ले मारिएको एक सैन्य अधिकारीले बताएका छन् । यो घटना आफ्नो कारबाहीको नियमविरुद्ध रहेको बताउँदै ती अधिकारीले ‘उच्च तह’ मा यसको छानबिन भइरहेको बताएका हुन् ।
मृत्यु हुनेमा २८ वर्षीय योतम खैम, २२ वर्षीय समेर तलालका र २६ वर्षीय एलोन शमरिज रहेका छन् । सेनाले गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनाको मृत्यु भएको बताएको छ। इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर गाजा फर्काएको थियो । हमासले अस्थायी युद्धविरामका दौरान दर्जनौँ बन्धकहरूलाई रिहा गरे पनि तिनीहरूसँग अझै पनि १ सयभन्दा बढी बन्धकहरू छन्।
सैन्य कारबाहीमा इजरायली बन्धक मारिएपछि इजरायली अधिकारीहरुमाथि बाँकी बन्धकहरुलाई छुटाउनका लागि हमाससँग नयाँ सम्झौताका लागि दबाब बढेको छ । घटनाको जानकारी पाएलगत्तै इजरायली सहर तेल अभीभमा सयौं मानिस भेला भए र सहरमा रहेको सैन्य अखडातर्फ मार्च गरेका थिए । आन्दोलनकारीले बाँकी बन्धकहरुको रिहाइका लागि सरकारसँग सम्झौता गर्न माग गरेका छन् ।
यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट हमासलाई हटाएपछि त्यहाँ प्यालेस्टाइनी प्राधिकरणलाई नियन्त्रण गर्न नदिने बताएका छन् ।नेतान्याहुले हाम्रो सबैभन्दा बलियो सहयोगी अमेरिकाको चाहनाको बाबजुद इजरायलले ‘हमस्तान’लाई ‘फतहिस्तान’मा परिणत हुन नदिने बताए ।
प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको नेतृत्वमा रहेको फतह पार्टी वेस्ट बैंकमा सरकारमा छ। इजरायली अखबार टाइम्स अफ इजरायलका अनुसार उनले गाजामा ‘नागरिक सरकार’ रहने बताए, जसले आफ्ना बालबालिकालाई ‘इजरायललाई नष्ट’ गर्न सिकाउँदैन।
एक सर्वेक्षणलाई उद्धृत गर्दै नेतान्याहुले प्यालेस्टाइनी अथोरिटीको कब्जामा रहेको प्यालेस्टाइन क्षेत्र ‘वेस्ट बैंक’का ८२ प्रतिशत जनताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणलाई जायज ठहर गरेको बताए । उनले युद्ध समाप्त भएपछि इजरायली सेनाले गाजाको सुरक्षाको जिम्मेवारी लिने बताए।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments