सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा चुरे दोहन : वन फँडानी नरोकिए आन्दोलनको चेतावनी
- मंसिर २०, २०८० मा प्रकाशित
सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फँडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासन समेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो । कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।
‘नेपाल–भारत खुला सीमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन’, सभापति यादवले भने, ‘अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौ ।’ त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments