इटहरी । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको दाबी गर्दै अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गौतमले सिंहदरबारमा आगजनी गरेको बताउँदै सार्वजनिक रूपमा अभिव्यक्ति दिएको र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने गतिविधिमा संलग्न रहेको आधारमा पक्राउ गरिएको हो । उनी भीडलाई उत्तेजित बनाउने किसिमका अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ।
गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



























Discussion about this post