•  १२ मंसिर २०८१, बुधबार
  •  12:21:38 PM

माया घर सहयोगार्थ महायज्ञकाे प्रचार सहित इटहरी बजार सरसफाई

- फाल्गुन १७, २०७८ मा प्रकाशित



इटहरी । आगामी फागुन २१ गते देखि २८ गते सम्म सुनसरीको इटहरीस्थित माया घर नेपालले आयोजना र्गने ऐतिहाशिक श्रीमदभागवत जिवन दर्शन महायज्ञको प्रचार प्रसार संगै सरसफाइको माध्यमबाट नगरमा जनचेतना जगाउने उद्येश्यसहित इटहरी बजार क्षेत्र सरसफाइ गरिएको छ ।

सडक मानवरहित बनाउने लक्ष्य सहित आयोजना हुने महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरवासिमा जनचेतना जगाउदै मंगलबार बिहान इटहरी बजार सरसफाइ गरिएको हो । मौसम परिवर्तन संगै फोहोरबाट बातावरण र मानव जिवनमा पर्ने नकरात्मक असरबारे जानकारी गराउदै स्वच्छ नगर स्वास्थ्य नागरिक भन्ने नारा सहित सरसफाइ अभियान थालिएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।

मान्छेको हातमा कुचो र डस्टविन हुदा मात्रै नगर सफा रहने मानसिकता देखिएकोले सरसफाइ अभियाननै सुरुवात गरिएको माया घर नेपालकि सचिव प्याकुरेलले बताउनुभयो । त्यस्तै गायिका गंगा गौतम आर्चायले माया घर संग जोडिएर सरसफाइ अभियानमा सरिक हुन पाउदा खुशि लागेको सुनाइन ।

उनले यस्तो सुन्दर काम उक दिन मात्र नभइ अभियाननै चलाएर अघि बढनुपर्ने सुझाव दिइन ।उक्त सरसफाइ कायर्क्रममा माया घरका ५० बढि प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे भने अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिरूकाे पनि उल्लेखनिय उपस्थिती रहेकाे थियाे ।

Comments

सम्बन्धित खवर