बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
- मंसिर ११, २०८१ मा प्रकाशित
इटहरी । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सेयरबजारले स्वागत गरेको छ।११ महिनापछि नियामक निकायले अध्यक्ष पाएपछिको पहिलो कारोबार दिनमा नेप्से सूचक दोहोरो अंकले बढेर बजार हरियाली बनेको हो।
मंगलबार नेप्से ३३.४१ अंकले बढे २७१६.६६ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली छाएको छ। कारोबार सुरु भएसँगै बढ्न थालेको बजारले दिनभर सम्हालिँदो उतारचढाव देखाएको थियो। फलत: कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २१० वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३३ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।
बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मर्दी र कुथेलीबुखारी हाइड्रो अगाडि छन्। यी तीनवटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै घट्नेमा भने आज थ्री स्टार हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा कर्णाली विकास बैंकको सेयरमूल्यमा भने ८.४५ प्रतिशतको गिरावट देखिएको छ। राष्ट्र बैंकले खराब कर्जा उच्च भएको देखाउँदै बैंकलाई समस्याउन्मुख घोषणा गरेपछि आजको बजारमा बैंकको मूल्य घट्न पुगेको हो।
यस्तै कारोबारका आधारमा भने आज नेपाल फाइनान्स अगाडि छ। लगानीकर्ताले आज यो कम्पनीको ४५ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्।सेयरबजारमा आज ७ अर्ब ४४ करोड रुपैयाँको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो
-
ताजा मंसिर ११, २०८१धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
Comments