•  ११ मंसिर २०८१, मंगलवार
  •  11:25:50 AM

“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”

- मंसिर ११, २०८१ मा प्रकाशित



एक वर्षमा ६ सय जनाकाे उद्धार : एक इट्टा अभीयानबाट २० लाख बढी संकलन

इटहरी । सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेकाे छ । संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा कर्मचारी देखि जग्गादाता र सहयाेगीहरूलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रमकी अध्यक्ष प्याकुरेलले अाफ्नाे नेतृत्वमा भएकाे बिभिन्न सुधारात्मक कार्यहरू साथै प्रगति विवरण सुनाएकि थिइन । माया घरले अार्थिक वर्ष ८० । ८१मा मात्रै बिभिन्न जिल्लाहरूबाट ६ सय भन्दा बढी असाहाय , अशक्त र वेवारिसेहरूकाे उद्धार तथा पुनःस्थापना गरेकाे प्रगती विवरणमा उल्लेख छ । त्यस्तै एक इट्टा अभियानबाट संस्थालाइ हाल सम्म २० लाख ४३ हजार ७ सय बढी रकम संकलन भएकाे विवरण उल्लेख छ ।

माया घरमा अाश्रीतहरूलाइ राख्न तथा पालन पाेषण गर्न दाताहरूकै भर पर्नुपर्ने अवस्थाकाे अन्त्यका लागि तिनै तहका सरकारले अत्याधिक चासाे राख्न अध्यक्ष प्याकुरेलले सुझाव राखेकि छिन ।

उनले अाश्रीतहरू दिनदिनै हुर्कदै युवा अवस्थामा पुगेकाहरूलाइ सरकारले संस्थाकाे कागज पत्र हेरेर नेपाली नागरिकता प्राप्तीकालागि  अावस्यक पहल गरिदिन अनुराेध समेत गरिन । नागरिकता अभावका कारण यहाका अाश्रीतहरू शिक्षाबाटै बञ्चित हुनुपर्ने अवस्था अाइसकेकाेले भाेलिकाे दिनमा राेजगारी शिर्जनाकाे बाटाे समेत बन्द भएकाेले तिनै तहकाे सरकारलाइ यस विषयमा गम्भिर बन्न सुझाव दिइन ।

यस्ता बेसहारा मानिसहरूलाई गाँस, बास र कपासलगायत उनीहरूको स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको र  संस्था संचालनमा पनि मासिक करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको अध्यक्ष प्याकुरेलले सुनाइन । आश्रयमा रहने व्यक्तिहरूको पालन पोषण र व्यवस्थापन खर्चहरू सधैँ सहयोग जुटाएर गर्नुपर्दा धेरै समस्या हुने गरेको संस्थाकी अध्यक्ष प्‍याकुरेलको भनाइ छ।

कार्यक्रममा प्रमुख अतिथी काेशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सरकारले बाेक्नु पर्ने दायित्व यस संस्थाले निभाएकाे प्रति ध्यानाकर्षण भएकाे बताए । उनले यस्ता सामाजिक कार्यहरूमा लाग्दा तिनै तहकाे सरकारसंग सहकार्य हुनुपर्नेमा जाेड दिए ।

संस्थामा अाश्रीतहरूकालागि अावस्यक खाद्यन्न लता कपडाकालागि सम्बन्धित निकायहरूमा पहल गरिदिने मन्त्री मगरले अास्वासन दिए । उनले अाश्रीतहरूलाइ नेपाली नागरिकता दिलाउने विषयमा सम्बन्धित मन्त्रालय संग अावस्यक पहल गर्ने र माया घर भवन निर्माणका लागि अर्थ मन्त्रालयले अावस्यक बजेट बिनियाेजन गरिदिने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा संस्थाकी काेषाध्यक्ष लक्ष्मी बरालले अार्थिक प्रतिवेदन पढेर सुनाएकि थिइन । कार्यक्रममा काेशी प्रदेश सांसद रेवती रमण भण्डारी , मिना श्रेष्ठ , सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी , नेकपा एमाले केन्द्रिय सदस्य लक्षमी गाैतम लगायतले संस्थाले गरेकाे कामकाे प्रशंसा सहित सुभकामना दिएका थिए ।

हाल संस्थामा १४६ जनाले आश्रय लिइरहेका छन्। जसमा ज्येष्ठ नागरिक ९३ जना , बालबालिका १४ जना , अपाङ्ग १३ जना , युवा २६ जना रहेकाे संस्थाले जनाएकाे छ ।

Comments

सम्बन्धित खवर