हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
- मंसिर ११, २०८१ मा प्रकाशित
इटहरी । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई हजार ६ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँ थियो। गएको आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो। सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउ दुई दिनमै १८ हजार पाँचसय रुपैयाँ घटेको छ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो।गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। तीन सातामै सुनको मूल्य २२ हजार तीनसय रुपैयाँ घटिसकेको छ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। हिजो एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठसय २० रुपैयाँमा झरेको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
Comments