•  १२ मंसिर २०८१, बुधबार
  •  2:19:59 PM

लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार

- मंसिर १२, २०८१ मा प्रकाशित



इटहरी । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको भाउ फेरि फेरि उकालो लागेको छ । दुई दिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य आज (बुधबार) फेरि बढेको हो । नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको मूल्य ओरालो लागेको थियो ।  आज फेरि बढेको हो । सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गरिएको छ ।

यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक तोला चाँदीको मूल्य  १ हजार ८२० रुपैयाँ कायम भएको थियो ।

Comments

सम्बन्धित खवर