आइतवारवाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने
- माघ २९, २०७८ मा प्रकाशित
काठमाडौं: सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनवाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो ।
गत ४ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभुत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतवारवाट भने नियमित सेवामा जानेछ । सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अबधीमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने निरन्तरता दिईएको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
-
ताजा मंसिर १२, २०८१छोरा छोरीलाई कमाउने चिन्ता , बुढापाकालाई गाउँ रित्तिने चिन्ता
Comments