•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:12 AM

काठमाडौं उपत्यकामा एकैदिन १४ सय ३८ जना सवारी चालकमाथि कारवाही

- माघ २६, २०७८ मा प्रकाशित



काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय ३८ जना सवारी चालकहरूलाई कारवाही गरेको छ । 

मंगलबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन् । 

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मदिरा पिएर सवारी साधन चलाउने ३५ जना चालकहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर