•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:04 AM

गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी निष्काशित

- माघ २६, २०७८ मा प्रकाशित



काठमाडौं: सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ । 

२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले न्युज कारखानालाई जानकारी दिएका हुन् । 

‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने । -न्युज कारखाना

Comments

सम्बन्धित खवर