•  ६ कार्तिक २०८१, मंगलवार
  •  11:16:43 PM

११ दिनपछि अवकासमा जान लागेकी राणा र ह्योजु एआईजीमा बढुवा सिफारिस

- कार्तिक ५, २०८१ मा प्रकाशित



इटहरी । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिव समेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत छन् । यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी हुन् ।

राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो । श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त छ । कार्य विभाग प्रमुख एआईजी रामदत्त जोशी पनि यही कात्तिक १८ गते अवकाश हुनेछन् । त्यसपछि एकसाथ दुई एआईजी बढुवा गर्ने तयारी छ ।

Comments

सम्बन्धित खवर