साफ महिला च्याम्पियनसिप: समूह चरणको दोस्रो खेलमा आज माल्दिभ्सविरुद्ध भिड्दै नेपाल
- कार्तिक ५, २०८१ मा प्रकाशित
इटहरी । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज (सोमबार) माल्दिभ्सविरुद्ध खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा नेपाल पहिलो जितको खोजीमा आज मैदान उत्रँदैछ।समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ।
माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन्। व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन्।उता माल्दिभ्स पनि बलियो टोली नेपाललाई रोक्दै अंक जोड्ने प्रयासमा हुनेछ। माल्दिभ्स आफ्नो पहिलो खेलमा श्रीलंकासँग १–० गोलअन्तरले पराजित भएको थियो। सोमबारको पहिलो खेलमा समूह ‘बी’ का श्रीलंका र भुटान भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजेदेखि सुरु हुनेछ। श्रीलंका लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँन लागेको हो भने भुटान आज पहिलो जितको खोजीमा छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक ६, २०८१“How You Can Win Slots 7 Tricks To Earning On Slot Machine
-
ताजा कार्तिक ५, २०८१How To Play Crazy Time Advancement Game
-
ताजा कार्तिक ५, २०८१Local Us Casino Person 2024 Find Casinos Near Yo
-
ताजा कार्तिक ५, २०८१गाँजाकाे नशाले निम्त्याएकाे अपराध : सिरहामा केटी भेट्न नदिएकाे भन्दै ५ जना मिलेर गरे आफ्नै साथीको हत्या
-
ताजा कार्तिक ५, २०८१एमालेको चिन्ता अरुले गर्नु पर्दैन, परीक्षण चुनावले गर्छ : महासचिव पोखरेल
Comments