सुनको भाउले बनायो नयाँ ‘रेकर्ड’, तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुग्याे
- कार्तिक ५, २०८१ मा प्रकाशित
इटहरी । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ ‘रेकर्ड’ बनाएको छ । आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक ६, २०८१“How You Can Win Slots 7 Tricks To Earning On Slot Machine
-
ताजा कार्तिक ५, २०८१How To Play Crazy Time Advancement Game
-
ताजा कार्तिक ५, २०८१Local Us Casino Person 2024 Find Casinos Near Yo
-
ताजा कार्तिक ५, २०८१गाँजाकाे नशाले निम्त्याएकाे अपराध : सिरहामा केटी भेट्न नदिएकाे भन्दै ५ जना मिलेर गरे आफ्नै साथीको हत्या
-
ताजा कार्तिक ५, २०८१एमालेको चिन्ता अरुले गर्नु पर्दैन, परीक्षण चुनावले गर्छ : महासचिव पोखरेल
Comments