•  ६ कार्तिक २०८१, मंगलवार
  •  11:15:05 PM

देशभर पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

- कार्तिक ५, २०८१ मा प्रकाशित



इटहरी । हाल नेपालभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा लुम्बिनी र मधेस प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ।मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा पनि लुम्बिनी प्रदेश र देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहिरहने तथा केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राति पनि पहाडी भू-भागमा बदली रहिरहने र अन्य स्थानहरूमा मौसम आंशिक बदलीका साथ मुख्यतया सफा रहने अनुमान गरिएको छ।मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म मौसममा परिवर्तनशीलता कायम रहनेछ। विभागले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

Comments

सम्बन्धित खवर