पोखरामा रविलाई सहकारीपीडितको कालो झण्डा
- भाद्र २५, २०८१ मा प्रकाशित
पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठकस्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्लेकार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी थालेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । तर प्रहरी हस्तक्षेपका बाबजुद सहकारी पीडितहरूले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गरेका थिए ।
सहकारी पीडितहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जीवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, दुःख पाए सहकारी पीडित साराले, गोरखा मिडियामा हालेको सहकारीको रकम फिर्ता गर, सहकारीको पैसाले खोलेको टिभीले, बचतकर्ताको छातीमा लगायो टिवी, हाम्रो समस्या समाधान गर्न छिटो आऊ जीवी, जीवी नआए सबै कुराको जिम्मा लेउ रविलगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए । नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर बैठकस्थल पुर्याएका छन् । अहिले बैठकस्थलको मूल गेटमा ताला लगाएर कडा सुरक्षाका बीच बैठक सुरु भएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ७, २०८१मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी
-
ताजा पुष ७, २०८१इलामका खनाल परिवारले फलाए ३४ लाखको अलैंची
-
ताजा पुष ७, २०८१रवि र छविविरुद्ध आज मुद्दा दर्ता हुँदै
-
ताजा पुष ७, २०८१सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना
-
ताजा पुष ७, २०८१झापामा चार किलो गाँजा र तीन लाख नगदसहित युवती पक्राउ
Comments