रुसी सेनामा भर्ती भएका नेपाली युवक सन्दीप युक्रेनको कारबाहीमा मारिए, एक जना नियन्त्रणमा
- कार्तिक ४, २०८० मा प्रकाशित
एजेन्सी । रुसी सेनामा भर्ती भएका एक नेपाली युवकको युक्रेनी कारबाहीमा ज्यान गएको छ । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् ।
ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण जारी राखेको छ । यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन् ।
रुसी सेनामा लागेका बर्दियाका विवेक खत्री पक्राउ
यता रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएका हो ।
युक्रेनका पूर्व आन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन् । हेरासचेन्कोले ट्वीटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन् । जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
-
ताजा मंसिर १२, २०८१छोरा छोरीलाई कमाउने चिन्ता , बुढापाकालाई गाउँ रित्तिने चिन्ता
Comments