इटहरी । कलाकार दीपकराज गिरीले निर्वाचनको बेला मतदातामा देखिने बिकाउ प्रवृतिप्रति व्यंग्य गरेका छन्। उनले निर्वाचनको बेला ‘मासुभात र दहिचिउरामा बिक्ने’ प्रवृतिलाई सामाजिक सञ्जालमार्फत् व्यंग्य गरेका हुन्। उनले आफू ‘दही चिउरे’ श्रेणीको मतदातामा पर्ने बताएका छन्।
‘चुनावमा ‘मासु भात’ भन्ने शब्द र ‘दहि चिउरे’ भन्ने शब्द एकदम हिट रहेछ,’ उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटैको पछि लाग्ने मासु भात! अनि कहिले उस्को, कहिले उस्को पछि लाग्ने दहि चिउरे!’
उनले एउटैको भजन गाउनुको सट्टा मुद्दाअनुसार, अवस्थाअनुसार फरकफरक समयमा, फरकफरक व्यक्ति र दललाई समर्थन गर्ने हुनाले आफू चाहिँ दहिचिउरे श्रेणीको मतदाता भएको पनि घोषणा गरेका छन्।
‘एउटैको भजन गाउनुको सट्टा, मुद्दा अनुसार, अवस्थाअनुसार फरकफरक समयमा, फरकफरक व्यक्ति र दललाई समर्थन गर्ने हुनाले म चाहीँ दहीचिउरे श्रेणीमा पर्ने रहेछ। त्यसै पनि भेजिटेरिएन भएकोले दही चिउरे नै राम्रो, शुभप्रभात!’




























Discussion about this post