इटहरी । विराटनगर महानगरपालिका-१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति हात बाँधिएको र तन्नाले बेरिएको अवस्थामा महिलाको शव कल्भर्टमुनि फेला पारेको हो। जिल्ला प्रहरी कार्यालयका मृतक महिला विराटनगर-१५ की कोमल कुमारी साह हुन्।
घटना अनुसन्धानका लागि प्रहरीले उनका श्रीमान् रोशन साहलाई नियन्त्रणमा लिएको छ।घटनाको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।रोशनले केही समयअघि मात्र आफ्नी श्रीमती हराएको भन्दै प्रहरीमा हुलियासहितको निवेदन दिएका थिए।सोही आधारमा मृतकको पहिचान भएको प्रहरीको भनाइ छ।
घरायसी विवादका कारण उनले श्रीमतीको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। यद्यपि घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा थप प्रमाणका आधारमा घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


























Discussion about this post