इटहरी । सुनसरीकाे चारवटै निर्वाचन क्षेत्रमा हर्षाेउल्लासका साथ बिभिन्न राजनीतिक दलका उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराएका छन । पार्टिका समर्थक र दलवल सहित सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेद्वारहरूले आ–आफ्नाे उम्मेद्वारी दर्ता गराएका हुन ।
छन् । सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट टीकाराम माङ्लेन लिम्बु, नेपाली कांग्रेसबाट सुजेन्द्र गोलेलगायतले उम्मेद्वारी दर्ता गराएका छन ।
सुनसरी क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सुजन तामाङ, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेकपाकी रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. ४ मा एमालेबाट जगदीश कुसियत, नेपाली कांग्रेसबाट ज्ञानेन्द्र काकी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमप्रसाद भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
दर्ता गर्नुअघि निर्वाचन आयोगका कार्यालय परिसरमा बाजागाजा र झाँकीसहित राजनीतिक दलहरूले र्याली निकालेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्त र उत्साहपूर्ण वातावरणमा उम्मेदवारहरूको उम्मेद्वारी दर्ता सम्पन्न भएको छ ।




























Discussion about this post