इटहरी ।नेकपा (एमाले) सचिवालय बैठकले १६५ सिट मध्ये १४१ सिटमा मात्र उम्मेदवारको नाम टुङ्गो लगाएर २४ सिट अध्यक्ष ओलीले आफ्नो कब्जामा राखेका थिए । नहुँदै बाँकी रहेका सिटहरूमा अध्यक्ष ओलीले एमालेका त्यागी र चर्चित नेताहरूलाई टिकट दिएनन् ।
त्यसको उदाहरण हो एमाले नेता तथा पार्टीका उपमहासचिव योगेश भट्टराई । ताप्लेजुङबाट २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका भट्टराईलाई ताप्लेजुङबाट टिकट दिएनन् र नेकपा एमालेबाट ताप्लेजुङमा क्षितिज थेबेलाई उम्मेदवार बनाउने भएको छ। थेबे एमालेनिकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष हुन्।
गत शनिवार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुङ्गो लगाउँदै थेबेलाई टिकट दिएका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।



























Discussion about this post