इटहरी ।नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा प्रस्ताव पेश गरेका हुन् ।
शर्माले प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव राखेका छन्। उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन्।
शर्माले विशेष महाधिवेशनमा पेश गरेको दस्ताबेजमा चुनाव हुने र नयाँ सरकार बन्ने गरे पनि प्रधानमन्त्री भने पुरानै अनुहार दोहोरिने अभ्यास भएको र त्यसले नागरिकमा चरम असन्तुष्टि बढेको भनिएको छ। जसका कारण नेतृत्व अलोकप्रिय बन्ने र सरकारले सार्थक परिणाम दिन नसकेको शर्माको ठम्याइ छ। विगतको यही गल्तीलाई सच्याउन नेपाली कांग्रेसले भविष्यमा आफ्नो तर्फबाट कोही पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था राख्न प्रस्ताव गरेको हो।
शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिकको उम्मेदवार हुने प्रस्ताव पेस गरेका छन् । ‘प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने । (एकपटक समानुपातिक/अन्तिमपटक समानुपातिक),’ उनले पेस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पूर्णपाठ
file:///C:/Users/User/Downloads/Bishwoprakash-Final_260111_192638.pdf



























Discussion about this post