इटहरी । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् ।
सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ ।
बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका सचिवालय सदस्य युवराज पाण्डले जानकारी दिए ।नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।
महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।



























Discussion about this post