इटहरी । सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको छैटौँ दिन साँझ ५ बजे पौने ११ लाख दीप प्रज्वलन तथा महाआरती सम्पन्न भएको छ। भक्तजनहरूको उल्लासमय उपस्थितिमा बिहीबार साँझ पौने ११ लाख दीप प्रज्वलन र महाआरती सम्पन्न गरिएको हो।
आरतीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका पीठाधीश संरक्षक महेश्वरानन्द केशरपुरी महाराज, पुराणवाचक युवा पण्डित योगेश भण्डारी, रमेश कोइराला, केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेललगायत कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, कोशी प्रदेश सभा सांसद रमेश बस्नेत र विजय राईको पनि उपस्थिति रहेको थियो।
कोशी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोललाई धार्मिक–पर्यटकीय स्थलका रूपमा परिचित बनाउन त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले १०८ शिवलिङ्ग स्थापना साथै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको आयोजना गरिरहेको छ।


























Discussion about this post