•  ७ पुष २०८१, आईतवार
  •  1:35:16 PM

राप्रपाले पुष १३ गते इटहरीमा विराेध सभा गर्ने , प्रदेश खारेज मुख्य एजेन्डा

- पुष ६, २०८१ मा प्रकाशित



इटहरी । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत विरोध सभा आयोजना गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए।

उनले विरोध सभामा सहभागीहरूको ठूलो उपस्थिति हुने विश्वास व्यक्त गर्दै, सभा केवल सरकारको आलोचना गर्ने माध्यम मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने स्थल हुने बताए। राप्रपाले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा दृढता देखाउँदै विरोध सभामा विशेष ध्यान दिने योजना बनाएको स्पष्ट पारेको छ।

Comments

सम्बन्धित खवर