प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए , तीन महिनामा गरेकाे प्रगती देखाउन निर्देशन
- मंसिर १२, २०८१ मा प्रकाशित
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक आज (बुधबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ ।
त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भनिएको, तर बजारमा महसुस हुन नसकेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
-
ताजा मंसिर १२, २०८१छोरा छोरीलाई कमाउने चिन्ता , बुढापाकालाई गाउँ रित्तिने चिन्ता
Comments