•  ६ कार्तिक २०८१, मंगलवार
  •  2:20:52 AM

सुनको भाउले बनायो नयाँ ‘रेकर्ड’, तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुग्याे

- कार्तिक ५, २०८१ मा प्रकाशित



इटहरी । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ ‘रेकर्ड’ बनाएको छ । आइतबार प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बढेसँगै चाँदी पनि महंगिएको छ । चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको विज्ञहरू बताउँछन् ।  अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो ।

Comments

सम्बन्धित खवर