•  ६ कार्तिक २०८१, मंगलवार
  •  1:08:10 AM

सहकारी ठगीमा ९५ प्रतिशत कांग्रेस–एमालेका नेता संलग्न छन्: केसी

- कार्तिक ५, २०८१ मा प्रकाशित



काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सहकारी क्षेत्रको कूल ८७ अर्ब अपचलन प्रकरणमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टी रहेको टिप्पणी गरेका छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा संलग्न मानिसहरूले सहकारी १४ अर्ब घोटाला गरेको बाँकी कांग्रेस, एमाले र माओवादीको भागमा रहेको बताए । आइतबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ९५ प्रतिशत सहकारी ठगीको हिस्सा कांग्रेस र एमालेको भागमा रहेको बताए ।

‘करिब १४ अर्बको घोटाला रवि लामिछानेसम्बद्ध पार्टी देखिन्छ । ८७ अर्बमध्ये बाँकी अरू तीन पार्टीहरूको भागमा पर्छ । ९५ प्रतिशत जति कांग्रेस र एमालेको भागमा पर्छ । माओवादी गरिब पार्टी भएकाले एक जना मात्रै रहेछन् ठग । त्यो भन्दा पनि गरिब भएकाले राप्रपाको पनि एक जना भए । यो रास्वपा भन्ने गरिबमध्येको पहिलो रहेछ, यसले १४ अर्ब घोटाला गर्‍यो,’– उनले भने ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कृष्णबहादुर महरा,  बालकृष्ण खान, टोपबहादुर रायमाझीलगायत जेल पर्दा कांग्रेस, एमाले, माओवादी कोही पनि सडकमा नआएको उनले बताए । रवि लामिछानेको पक्राउ पर्दा नेता तथा कार्यकर्ता सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए । रास्वपा रवि लामिछानेको गोजीको पार्टी रहेको उनको टिप्पणी छ ।
Comments

सम्बन्धित खवर