बैतडीमा जीप दुर्घटना : १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते
- भाद्र २६, २०८१ मा प्रकाशित
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार सुर्नया– ८ ढुंगाकोटमा सु.प.प्र.०१०० ज १३५४ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय १८ वर्षीया सविना महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सविनाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । दुर्घटनामा जीप चालक सुर्नया गाउँपालिका– ७ का लालबहादुर कुँवरसहित चार जना घाइते भएका छन् । चालक कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको अवस्था सामान्य छ । घटनापछि चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments