•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:40:46 AM

पोखरामा रविलाई सहकारीपीडितको कालो झण्डा

- भाद्र २५, २०८१ मा प्रकाशित



पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठकस्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्लेकार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी थालेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । तर प्रहरी हस्तक्षेपका बाबजुद सहकारी पीडितहरूले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गरेका थिए ।

सहकारी पीडितहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जीवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, दुःख पाए सहकारी पीडित साराले, गोरखा मिडियामा हालेको सहकारीको रकम फिर्ता गर, सहकारीको पैसाले खोलेको टिभीले, बचतकर्ताको छातीमा लगायो टिवी, हाम्रो समस्या समाधान गर्न छिटो आऊ जीवी, जीवी नआए सबै कुराको जिम्मा लेउ रविलगायतको नारा लगाउँदै प्रदर्शन गरेका थिए । नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर बैठकस्थल पुर्‍याएका छन् । अहिले बैठकस्थलको मूल गेटमा ताला लगाएर कडा सुरक्षाका बीच बैठक सुरु भएको छ ।

Comments

सम्बन्धित खवर