कोशी प्रदेशमा २० हजार नाघ्यो डेंगु सङ्क्रमितको सख्या , सबैभन्दा बढी सुनसरीमा
- आश्विन २, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशमा डेंगु सङ्क्रमित को सख्या २० हजार नाघेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा छन । कोशीमा २० हजार ९२४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । साढे सात महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।
सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । दोस्रो धादिङ जिल्लामा २ हजार ९९२ सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, क्रमशः १ हजार ३९४ झापा, ५१७ काठमाडौँ, ४३३ सङ्खुवासभा, ४०३ धनकुटा, ३३१ धनुषा, ३३० र ३०२ तनहुँमा सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक ६, २०८१“How You Can Win Slots 7 Tricks To Earning On Slot Machine
-
ताजा कार्तिक ५, २०८१How To Play Crazy Time Advancement Game
-
ताजा कार्तिक ५, २०८१Local Us Casino Person 2024 Find Casinos Near Yo
-
ताजा कार्तिक ५, २०८१गाँजाकाे नशाले निम्त्याएकाे अपराध : सिरहामा केटी भेट्न नदिएकाे भन्दै ५ जना मिलेर गरे आफ्नै साथीको हत्या
-
ताजा कार्तिक ५, २०८१एमालेको चिन्ता अरुले गर्नु पर्दैन, परीक्षण चुनावले गर्छ : महासचिव पोखरेल
Comments