नेम्वाङको निधनले राजनीतिक वृत्त स्तब्ध
- भाद्र २६, २०८० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् भने महेश बर्तौलाले मियो गुमाएको बताएका छन् ।
दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिने शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमै पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा छन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक ६, २०८१“How You Can Win Slots 7 Tricks To Earning On Slot Machine
-
ताजा कार्तिक ५, २०८१How To Play Crazy Time Advancement Game
-
ताजा कार्तिक ५, २०८१Local Us Casino Person 2024 Find Casinos Near Yo
-
ताजा कार्तिक ५, २०८१गाँजाकाे नशाले निम्त्याएकाे अपराध : सिरहामा केटी भेट्न नदिएकाे भन्दै ५ जना मिलेर गरे आफ्नै साथीको हत्या
-
ताजा कार्तिक ५, २०८१एमालेको चिन्ता अरुले गर्नु पर्दैन, परीक्षण चुनावले गर्छ : महासचिव पोखरेल
Comments