•  ६ कार्तिक २०८१, मंगलवार
  •  11:53:12 PM

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

- भाद्र २६, २०८० मा प्रकाशित



इटहरी । गएराति निधन भएका एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। ७१ वर्षीय नेम्बाङको सोमबार राति करिब २ बजे ह्दयघातबाट निधन भएको थियो। एमाले उपमहासचिव विष्णु रिमालका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसो १२ बजेपछि श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने छ।

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ।नेम्वाङको निधन भएको खबर सुनेपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता शिक्षण अस्पताल पुगिरहेका छन्। नेम्वाङको पार्थिव शरीर केही बेरपछि अस्पतालबाट निकालेर एमाले पार्टी कार्यालय च्यासल पुर्याउने तयारी छ।

Comments

सम्बन्धित खवर