•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:50:02 AM

नवनिर्मित बीओपी भवनको मुख्यमन्त्री राईले गरे उद्घाटन

- माघ १८, २०७८ मा प्रकाशित


इटहरी: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले झापाको भारतीय सिमावर्ती कचनकवल गाउँपालिका ४ मा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको एक कार्यक्रमका बीच उद्धघाटन गरेका छन् ।

उद्धघाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वका ेविषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षा कायम गराउने कार्यमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विपदका बेलामा उद्धार तथा संक्रामक रोग नियन्त्रणको क्षेत्रमा समेत सशस्त्र प्रहरी बलले महत्वपूर्ण योगदान गर्दै आएको उनको भनाइ थियो ।

सोही अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै बोर्डर आउट पोष्ट पनि नागरिकहरुको सुरक्षाका लागि स्थापना गरिएको धारणा राखे ।

उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी वल १ नम्बर बराह बाहिनी इटहरीका बाहिनीपति कमल गिरीले सीमा सुरक्षाको जिम्मेवारीका अतिरिक्त राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीहरु सशस्त्र प्रहरी बलले पूरा गर्दै आएको वताए ।

भवन निर्माणका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । सशस्त्र प्रहरी वलका लागि भवन निर्माण गर्न नि:शुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमाकुमारी गणेशलाई दोसल्ला ओढाएर सो अवसरमा सम्मान गरियो । भवन उद्धघाटन कार्यक्रम योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीसहित सुरक्षा निकायका प्रतिनिधिको सहभागितामा सम्पन्न भएको थियो ।

Comments

सम्बन्धित खवर