•  १७ बैशाख २०८१, सोमबार
  •  11:27:58 PM

संख्यामा थाेरै भएपनि हरेक क्षेत्रमा अब्बल र उत्कृस्ट छ दशनामी , इटहरीमा साधारण सभा संगै नेतृत्व तथा ब्याक्तित्व तालिम सम्पन्न

- चैत्र २४, २०८० मा प्रकाशित


इटहरी । नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा संगठन बिस्तार गर्ने भएको छ । सुनसरीको इटहरी २० तरहरा स्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभा संगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरुले संगठन बिस्तारमा जोड दिएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेज बहादुर पुरीले अन्य जातीय संगठनको तुलनामा दशनामी थाेरै संख्यामा भएपनि उत्कृस्ट र अब्बल रहेकाे बताए । सामाजिक लगायत बिभिन्न क्षेत्रमा सकृिय देखिए पनि संगठन बिस्तार भने न्युन रहेकाे बताए । उनले देशभर कुल १ लाख ९८ हजार ८४९ दशनामी सदस्यहरु रहेको बताउदै समाजले इटहरीमा नाैलाे र उदाहरणीय कार्यक्रम गरेकाे बताए ।

त्यस्तै कार्यक्रमका अतिथी नेपाल दशनामी समाजका केन्द्रिय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तन देखि मुलुकमा लोकतन्त्र स्थापनामा दशनामीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे उल्लेख गरे । दशनामी संख्यामा थाेरै भएपनि सामाजिक लगायत बिभिन्न क्षेत्रमा अब्बल रहेकाे उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष गोविन्द पुरीले आफ्नो कार्यकालमा वर्षभरी गरेको प्रगति विवरण पेस गरे । उनले आफ्नो नेतृत्वमा जिल्ला समिति गठन पश्चात् एक वर्षमा १९ वटा विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गरेको बताए ।

अध्यक्ष पुरीले अबको १ वर्ष भित्र सुनसरीको १२ वटै स्थानीय तहहरुमा दशनामी समाजको संगठन बिस्तार गरि विभिन्न सीपमूलक तालिमहरु आयोजना गर्ने योजना रहेको सुनाए । त्यस्तै कार्यक्रममा समाजका सुनसरी कोषाध्यक्ष भुपराज पुरीले संस्थाले वर्षभरी गरेको आर्थिक विवरण पेस गरेका थिए । संस्थाले एक वर्षको अवधीमा सबै खर्च कटाएर कुल २लाख २३ हजार ५५० मुनाफा राखेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सामाजिक अभियान्ता तथा सहकारीकर्मी टिकादत्त वनले नेतृत्व कसरी लिने र पाएको जिम्मेवारीलाई सहज ढंगले कसरी निर्वाह गर्ने जस्ता उपयोगी प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समयमा वित्तिय क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु सहित उद्यमशीलता र संगठनात्मक क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशिक्षणको भूमिका डा.ताराप्रसाद गिरीले युवा वर्गलाई लक्षित गरी प्रेरणादायी भनाइहरु सहित व्यक्तित्व विकास सम्बन्धि तालिम दिएका थिए । उनले देशको पछिल्लो राजनीतिक अवस्थाका कारण युवाहरूमा निराशा बढेको र दैनिक रोजगारीको खोजीमा बिदेशीनुपरेको तितो यथार्थ सुनाएका थिए । उनले युवाहरूलाइ प्रेरणा मिल्ने गरी ब्याक्तित्व बिकासबारे प्रशिक्षण दिएका थिए । नेपाल दसनामी समाज सुनसरीका सचीव राजन कुमार बनले सञ्चालन गरेको कार्यक्रममा दसनामीका करीब ४ सय युवा तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Comments

सम्बन्धित खवर