•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:21 PM

ब्रह्मकुमारी राजयोगको ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम

- फाल्गुन १९, २०८० मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शनिवार ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । काेशी प्रदेशका प्रमुख परशुराम खापुङकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा संस्थामा रहेर स्थापना कालदेखि हाल सम्म विभिन्न क्षेत्रबाट याेग्दान पुर्‍याउने ब्याक्तिहरूलाइ अभिनन्दन गरिएको थियो ।

संस्थाकी अध्यक्ष ब्रह्मकुमारी गीता दिदिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता  निर्मला सुब्बालाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा विभिन्न धार्मिक कथामा अाधरित गजल , कविता र नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल , उपप्रमुख सङ्गीता चौधरी , पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति आसबहादुर तामाङ , काेशी प्रदेश सांसद रोहित कार्की , रेवती रमण भण्डारी , सशस्त्र प्रहरी बल एक नं वराह वाहिनी मुख्यालय इटहरी पकलीका प्रहरी उपरीक्षक दिपेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments