•  १९ बैशाख २०८१, बुधबार
  •  5:13:41 PM

साफ यू–१६ महिला फुटबल : आज नेपाल बंगलादेशसँग भिड्दै

- फाल्गुन १९, २०८० मा प्रकाशित


काठमाडौं । नेपालले आज (शनिबार) साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदैछन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्ने छन् भने शीर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टिम
गोलरक्षक– रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली ।
डिफेन्डर– दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।
मिडफिल्डर– भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ ।
स्ट्राइकर– पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।

Comments

सम्बन्धित खवर