•  २१ बैशाख २०८१, शुक्रबार
  •  4:25:03 AM

इटहरीकाे सुष्मा कलेजमा साइवर सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न

- माघ १४, २०८० मा प्रकाशित


इटहरी । इटहरी स्थित सुष्मा गोदावरी कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरूलाइ साइबर सुरक्षा सम्बन्धी जानकारीमूलक कार्यशाला सम्पन्न गरिएको हो ।कार्यशालामा बिद्यार्थीहरूलाइ फेसबुक तथा सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने , ह्याक भएका आइडी कसरी फिर्ता ल्याउने , पासवर्डको सुरक्षा कसरी गर्ने लगायतका विषयहरू समावेश गरिएको थियो । ग्राफिका इन्टरनेश्नल प्रा.ली. एवम् पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक समेत रहेका सुरेश चन्द्र दाहालले बिद्यार्थीहरूलाइ एक दिने प्रशिक्षण प्रदान गरेका थिए ।

सहभागी विद्यार्थीहरूले कार्यशालामामा सिकेका जानकारीहरू आफ्नो जीवनमा अत्यावश्यक रहेको र आगामी दिनहरूमा यस्ता प्रकारका कार्यशालाहरूलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए । पछिल्लो समय फेसबुक आइडीहरू ह्याक हुने क्रम बढेकाेले यस्ता कुराहरूमा ध्यान पुर्‍याउन यो प्रशिक्षण अनिवार्य रहेको विद्यार्थीहरूले जोड दिए । सुष्मा गोदावरी कलेजले बिभिन्न समयमा यस्ता प्रकारका कार्यशालाहरू आयोजना गर्दै आइरहेको छ ।

कलेजमा विज्ञान र व्यवस्थापन सङ्कायका साथै प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा तहको अध्यापन रहेको यस कलेजमा व्यवस्थापनतर्फ कक्षा ११ मा कमर्सका साथै होटल म्यानेजमेन्ट सम्बन्धी विषयहरू अध्यापन हुने गरेको छ ।

Comments

सम्बन्धित खवर