•  ३ जेष्ठ २०८१, बिहीबार
  •  1:38:26 AM

हात्तीको आक्रमणबाट मृत्यु भएका खडका परिवारलाई एक लाख क्षतीपूर्ति

- मंसिर १४, २०८० मा प्रकाशित


इटहरी। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिका ले क्षतीपूर्ति दिने भएको हो ।  इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् ।

इटहरी वडा नं. २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर विहीबार राति देखि नै रात्री गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउँधनको रक्षा रात्रीकालिन गस्ती गर्न लागिएको हो ।

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं. २ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

भारतको पश्चिम वंगाल बाट झापाकाे चारकोसे हुँदै इटहरीकाे चारकोसे जंगलमा आइपुगेकाे हात्तीले केहि समय यता आतंक मच्चाइरहेका छन । इटहरीमा पछिल्लाे समय चारवटा छावासहित २८ वटासम्म हात्ती देखिने गरेकाे स्थानियहरूले बताएका छन ।

Comments

सम्बन्धित खवर