•  ३ जेष्ठ २०८१, बिहीबार
  •  3:21:21 AM

धरान प्रहरीलाई छक्क पार्ने विकासकाे धन्दा : पर्यटन मन्त्रालयकाे कार्ड भिरेर ब्राण्डेड मदिरा चाेरी

- मंसिर १३, २०८० मा प्रकाशित


इटहरी ।  पर्यटन मन्त्रालयको कर्मचारी बताउने एक युवक मदिरा चोरीको आरोपमा धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरानकै विकाश साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार विकासलाई ब्राण्डिङ मदिरा चोरीको अभियोगमा पक्राउ गरिएको हो । मदिरा व्यवसायी सङ्घको उजुरीको आधारमा उनलाई धरानकै एक मदिरा पसलबाट रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।   विकासको साथबाट प्रहरीले पर्यटन मन्त्रालय अन्तरगत शाखा अधिकृतको नक्कली परिचय पत्र भेटिएको जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धरान प्रहरीको भनाइ छ । मदिरा चोरी गर्न उनले बा ७ च ४४८० कार चढेर आउने गरेको प्रहरी भनाइ छ । मदिरा किने जस्तो गरेर चोरी गरी फरार हुने विकाश व्यवसायीहरूलाई आफू बिपी प्रतिष्ठानको चिकित्सक बताउने गरेको पनि प्रहरीले जनाएको छ ।

यस्तो छ घटना 

घाटीमा पर्यटन मन्त्रालयको परिचय पत्र भिरेको विकास नाम बताउने एक युवा धरानको मदिरा पसलमा छिरेर फोन पेइ गर्ने भन्दै दैनिक ३ वटा सम्म ब्राण्डिङ मदिरा लिएर हिडछन । भोलि पल्ट सोही मदिरा वाेल्लाे पसलमा गएर सस्तो दाममा बिक्री गर्छन् । यो क्रम निरन्तर चलिरहेपछि सहरमा खैला बैला मच्चिन्छ  ।

मदिरा पसलबाट दिनहुँ ब्रान्डिङ मदिरा हराउन थालेपछि व्यवसायीहरू प्रहरी कहाँ पुग्छन् र घटना विवरण सुनाउँछन् ।  पसलमा मालिक नभएको बेला पुगेर एउटा एउटा मदिरा चोरी हुन थालेको गुनासो प्रहरीकहाँ पुगेपछि अनुसन्धान सुरु हुन्छ । व्यवसायीले आ आफ्नो पसलमा निगरानी राख्न सुरु गर्छन् ।व्यवसायीहरूलाई आफू मन्त्रालय अन्तरगत शाखा अधिकृत र कतै बिपीको चिकित्सक बताउँदै मदिरा फुत्काएर भाग्ने गरेपछि विकाश विरुद्ध निगरानी बढाउन सुरु गर्छन् ।

लामो समयको निगरानी पछि घाटीमा पर्यटन मन्त्रालयको परिचय पत्र बोकेर एक युवक कार चढेर अाउछन र मनोकामना कोल्ड सेन्टरमा रेड लेबल माग्छन् तर पैसा फोन पे मार्फत गरिदिन्छु भन्छन् र फोन निकालेर केही समय अलमलिन्छन् , मोबाइल पासवर्ड बिर्सिए जस्तो गरेर अन कनिन थाल्छन् ।त्यही बेला पसलमा अन्य ग्राहकहरू आएर साहुजीलाई अलमलाइ दिन्छन् र मौका हेरेर ति युवक त्यहाँबाट फरार हुन्छन् ।

यही घटना धरानका अन्य मदिरा पसलमा पनि दोहोरिन पुग्छ र ती युवाको खोजी सुरु हुन्छ । नभन्दै मदिरा पसलहरूबाट चोरेर भेला गरेको ब्राण्डेड मदिराहरू धरानको भानुचाैक स्थित श्रवण गुप्ताले सञ्चालन गरेको बाबा कोल्ड ड्रिङ्क्समा पुगेर बजार भाउ भन्दा सस्तोमा बिक्री गर्न खाेज्छन र यही मौकामा ती युवा समातिन्छ । उनले उक्त पसलमा रेड लेबल ,ब्ल्याक लेबल, ब्ल्याक चिम्नी र वर्ड दरबार , केही थान ह्विस्की लिएर बिक्री गर्न खोजेका थिए ।

Comments

सम्बन्धित खवर