
आज महाकवि देवकोटाको जन्म जयन्ती मनाइँदै
- कार्तिक २६, २०८० मा प्रकाशित

इटहरी । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ । देवकोटाको निधन २०१६ सालमा भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
लोकप्रिय मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
लोकप्रिय मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
लोकप्रिय मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
लोकप्रिय मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
-
ताजा मंसिर १५, २०८०बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि राजमार्ग अवरुद्ध
-
ताजा मंसिर १५, २०८०विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
-
ताजा मंसिर १४, २०८०दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
-
ताजा मंसिर १४, २०८०नक्कली शरणार्थी प्रकरणमा अझै सकिएन बहस, आदेश शुक्रबार आउने सम्भावना
-
ताजा मंसिर १४, २०८०ताप्लेजुङमा राहदानी आइलाइन फारम निःशुल्क
Comments