![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
विश्वकप एशिया छनौंटको उपाधि ओमानलाई, नेपाल सुपर ओभरमा पराजित
- कार्तिक १९, २०८० मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2023/11/cri.jpg)
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । सुपर ओभरमा अभिनाष बोहोराको बलमा ओमानले २१ रन जोडेको थियो । नेपालले सुपर ओभरमा १० रन मात्र बनायो ।
यसअघि १८५ रनको लक्ष्य पाएको ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएको थियो । ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, अकिब सुल्हेरीले ३३, कप्तान जिसन मस्कुदले २६ र आयन खानले १० रन जोडे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल, गुल्सन झा र करण केसीले सानदार ब्याटिङ गरे । गुल्सनले २५ बलमा ५४ रनको सानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पौडेलसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका थिए ।
पौडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जोराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए । ओमानका बिलाल खानले तीन तथा आकिब सुलेहरीले दुई विकेट लिए । जिसन मक्सुदले एक विकेट लिएका थिए ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
ताजा श्रावण १२, २०८१भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीद्वारा धन्यवाद
-
ताजा श्रावण १२, २०८१मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
-
ताजा श्रावण १२, २०८१अष्ट्रेलियालीले हरेक वर्ष फ्याँक्छन् सात लाख टन बढी खाना
-
ताजा श्रावण १२, २०८१भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
-
ताजा श्रावण १२, २०८१बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
Comments