
बिराटनगरमा चाेरीबिरूद्ध प्रहरीकाे सर्च अप्रेसन : एक साताकाे फलाेअप पछि समातिए तीनजना अभियुक्त , ३६ किलाे चादि बरामद
- जेष्ठ १२, २०८० मा प्रकाशित

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहना बरामद गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ किलो (केजी) चाँदी र आठ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।
‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ’, पोखरेलले भने । चाँदीका गहना चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जयकिशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोसी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरिएको डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments