
गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
- जेष्ठ १०, २०८० मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।
गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ । प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments