•  १६ चैत्र २०८०, शुक्रबार
  •  6:06:48 PM

सुन्यको मुल्य सास,साहस र स्नेहको कथा

- जेष्ठ ४, २०८० मा प्रकाशित


तारा भट्टराई

इटहरी ।“ कर्णाली एउटा आफैमा सामाजिक विश्वबिद्यालय रहेछ , जहाँ मैले नदेखिएको आफ्नो समाज र नभेटिएको देश भेट्टाए’’। डा. के.सी भन्नुहुन्छ । दिगो विकासका १७ ओटा लक्ष्यहरु मध्ये एउटा महत्वपुर्ण आधारभुत लक्ष्य सयुक्त राष्ट्र सङघले छुटाएको रहेछ , जुन मैले कर्णालीमा जीवनवारिधि गरेका पात्रहरुलाई भेटेपछि थाहापाए । जसलाई १ सुरुहुनु भन्दा अगाडीेको शुन्यमा स्थान दिएको छ । त्यसको मुल्य यो समाज र देशका लागी अमुल्य रहेको कुरा यस किताबमा पाईन्छ । सम्पुर्ण मानव समाज र राष्टको चौतर्फी विकासका लागी आमाको गर्भअवस्थाको मानसिक शारिरीक स्वास्थ्य सबै भन्दा महत्वपुर्ण रहेको हुन्छ । यदि राज्यले स्वस्थ, सक्षम र असल नागरीक हरु उत्पादनमा लगानी मात्रै गर्नै हो, भने घर परिवार समाज र राष्ट्रका ९० प्रतिशत समस्याहरु स्वत समाधान हुनेछन् ।

कर्णालीमा नाम नभएका कत्ति आमाहरु छन । जसको गुमनाम कर्मले घर परविार र यो समाजले बिशिष्ट योगदान पाइरहेको छ । लेखकले ३३ हजार देवीदेवता भित्र कुनैमा नपरेकी यिनी कर्मदेवी हुन भनेर भन्नु हुन्छ । कर्णालीका दुरदराजमा रहेका यस्ता यस्ता आमाहरुले दुखकष्ट गरेर पनि आफना सन्तानहरुको भबिष्य उज्यालोमा राख्ने साहस गरेका छन ।हुम्ला,डोल्पाका मानिसहरु गाउँमा सामान्य प्रथामिक उपचार नपाएर रोग पालेर बस्ने गरेको र अन्तकालमा रोग दिर्घकालिन बनेपछि जीवनभर कष्टगरेर कमाएको धनसम्पति खन्याएर हेलिकप्टर,प्लेनमा सुर्खेत हुदै काठमाडौ पुग्ने गरेको तितो यर्थात सुन्यको मुल्यमा भेटिन्छ । स्वास्थ्य क्षेत्रमा सबै भन्दा बढी लगानी राज्यले गाउका सामुदायिक सवास्थ्य चौकीमा गर्नुपर्ने ठाउमा केन्द्रका ठुलाठुला अस्पताल बनाउनमै रकम खर्चेको कुरा यहाँ उललेख गरएिको छ ।

“म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरुले थोरै पुस्तकको श्रेणीमा यस पुस्तकलाई नछुटाउनुहोला”
बुद्धिसागर

मानसिको सम्पर्ण जीवन के कस्तो बनाउने त्यो आमाको गभ भित्र तय हुने गर्दछ । त्यसैले सम्पुर्ण पुरुष समाजले यस्तो अवस्थामा कुटपिट तथा हिंसाहरु नगरी विशेष ध्यान र ख्याल राख्नुपर्ने ठाउँमा मानसिक यातना दिनुहुदैन जस्ता सन्देश हरु यहाँ पाईन्छन् । महिला हरु समाजमा पछि पर्नाका कारण पुरुष प्रधानता नभएर आफु भित्रको आफै प्रतिको अविश्वास डर भएको शुन्यको मुल्यमा रहेको छ । र सुन्यको मुल्यमा रहेका कर्णाली समाजका पात्रहरु पाँच ओटै कथा भित्र सास,साहस र स्नेहले भरिएका छन । प्रत्येक कथाहरुमा नेपाली ग्रामिण समाजका यर्थातता । गहन सन्देश पाइन्छ । समाज र राष्ट्रले साधारण मानेका कुरा हरनै अमुल्य रहेका छन । जसलाई नेपाली कानुन र उच्चतहका वर्गहरुले पुनराअवलोकन गर्नुपर्ने कुरा लेखक यो पुस्तक मार्फत पुस्टगत गर्दछन ।

समाजको शुन्य के हो ? र त्यसको मुल्य कति छ भन्नेकुरा डा.नवराज के.सी द्धारा लिखित सुन्यको मुल्य पढेपछि मात्र थाहापाउन सकिन्छ ।

Comments

सम्बन्धित खवर