
इलाममा २ दिने साहित्य महाेत्सव सम्पन्न
- चैत्र २८, २०७९ मा प्रकाशित

इलाम । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो ।
कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन बीचमा ‘कवितामा स्थानीय चेत’का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कविता वाचन गर्नुभएको थियो । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । साथै साँझ विभिन्न जिल्लाबाट आउनुभएका गजलकारले गजल वाचन गर्नुभएको थियो ।
महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो ।
ढुङ्गा प्रचारका लागि माङमालुङ महोत्सव
इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा बढेमानको ढुङ्गा रहेको छ । यसलाई औँलाले हल्लाउन सकिन्छ । सो ढुङ्गा तथा यस क्षेत्रका पर्यटकीयस्थल र कृषि क्षेत्रको प्रवद्र्धनका लागि यहाँ माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।
ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई चक्रशिला भन्ने गरिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई औँलाले सजिलै हल्लाउन सकिन्छ । तर वरपर भने सार्न सकिँदैन । महोत्सव आयोजक समितिका सचिव कमल कार्कीका अनुसार आगामी वैशाख १ र २ गते महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषि उपज तथा सामग्री बिक्री–वितरण गरिनेछ ।
स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि महोत्सवबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने समितिका अध्यक्ष किरणकुमार राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments