
रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
- चैत्र ११, २०७९ मा प्रकाशित

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जाँडी–रक्सी खाए / नखाएको परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक दिनहुँ जाँड–रक्सी खाएर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।
मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरी चौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङकी मेयर विमला राईले बताइन् । ‘विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै जाँड–रक्सी खाएर प्रश्नपत्र सिरानी लगाएर सुतेको घटना छन्’, उनले भनिन्, ‘कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारी समेत जाँड–रक्सी खाएर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।’
जाँड–रक्सी खाएर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । ब्रेथलाइजरको अभावमा अहिलेसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले जाँड–रक्सी खाए /नखाएको पत्ता लगाउन समेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।
आवश्यक परेको समयमा जाँड–रक्सी खाने सबैको जाँच गर्न उपकरणको प्रयोग गरिने मेयर राईले बताइन् । विशेष गरी शिक्षकलाई लक्षित गरेर ब्रेथलाइजर ल्याउने निर्णय गरिएको हो ।
१० वटा पालिका रहेको खोटाङमा अहिलेसम्म जाँड–रक्सी खाए /नखाएको परीक्षण गर्ने डिजिटल उपकरण छैन ।ट्राफिक प्रहरी कार्यालयमा कसैले जाँड–रक्सी खाए /नखाएको परीक्षण गर्न कम्तीमा पाँच /सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments